
डडेल्धुरा । सुदूरपश्चिमको डडेल्धुरासहितका जिल्लाहरुमा गौरापर्वको चहलपहल शुरु भएको छ ।
अर्को मंगलवारदेखि शुरु हुने सुदूरपश्चिमको एकताको प्रतिकको रुपमा रहेकोे सांँस्कृतिक र लोकप्रिय चाड गौरापर्व नजिकिँदै गर्दा यसको चहलपहल बढेको हो ।
महिलाहरुले गौरापूजन सामग्री किनमेल गर्न डडेल्धुराको मुख्य बजार बागबजारमा व्यस्त देखिएका छन् ।
भगवान शिव र माता पार्वती स्वरुप गौरापर्वमा गरिने व्रतबाट सु–स्वास्थ्य एवं सौभाग्य र समृद्धि प्राप्त हुन्छ भन्ने विश्वास रहेको पाईन्छ ।
गौरा पर्वमा वर्षभरिमा गरिने कार्य व्यस्तताबाट थकाई मार्ने अवसर र आफन्तजनको भेटघाटको पर्वको रुपमा पनि बिशेष गरी मनाइन्छ ।
यो बर्ष गौरा पर्व भदौ ३ गतेदेखि पञ्चदलहन अन्न गेडागुडीको बिरुडा राख्दै बिधिवत रुपमा मनाइँदै छ ।
प्रतिक्रिया दिनुहोस्