गणेश, भैरव र कुमारी : इलेक्ट्रोन, प्रोटोन र न्यूट्रोनको प्रतीक (भिडियो) « Image Khabar


गणेश, भैरव र कुमारी : इलेक्ट्रोन, प्रोटोन र न्यूट्रोनको प्रतीक (भिडियो)


नरेन्द्र मान्धर
८ पुष २०७७, बुधबार १७:५३

नरेन्द्र मान्धर (इमेज)

काठमाडौं, पुस ८ । नेपालमण्डल तन्त्र साधनको केन्द्र हो ।

यहाँ बज्रयान तन्त्र परम्परा अनुसार देश र जनताको सुरक्षाका लागि गणेश, भैरव र कुमारी लगायत देवदेवीको साधना हुँदै आएको छ ।

त्यसमा पनि बाह्य स्वरुपमा मानवरुप बाल बालिकालाई गणेश, भैरव र कुमारी रुपमा पुजिँदै आएको छ ।

नेपाल संम्वतको शुरुसँगै तन्त्र परम्पराले नेपालमा व्यापकता पाएको देखिन्छ ।

यससँगै देश र जनताको सुरक्षा तथा समृद्धिका लागि उर्जाको रुपमा कलश सहित गणेश, भैरव र कुमारी साधना हुँदै आएको छ ।

यो नेपालको धार्मिक र साँस्कृतिक विशिष्ट पहिचान बनेको छ ।

जसका कारण मानवरुपी बालबालिकालाई गणेश, भैरव र कुमारीको रुपमा पुजिने गरिन्छ ।

यही परम्पराको निरन्तरता स्वरुप गत हप्ता गणेश र भैरव रुपमा नयाँ बालकहरुलाई तन्त्र परम्परा अनुसार नै प्रतिस्थापन गरियो ।

जसले धर्म, साँस्कृतिक र सौन्दयशास्त्रको प्रतिविम्ब झल्काउँ छ ।

गणेश देवतामा पीएचडी गर्नु भएका वरिष्ठ संस्कृतिविद् प्रा.डा. मिलनरत्न शाक्य शारीरिक योगका रुपमा म्हःपूजा तथा इड़ा, पिंगला र सुषुम्नाको उर्जाको रुपमा भैरव, गणेश र कुमारी रहेको बताउनु हुन्छ ।

यही त्रि–विन्दु, त्रिकोण र चक्र ज्यामितिय आकृतिमा रहेको र यो बैज्ञानिक रुपमा इलेक्ट्रोन, प्रोटोन र न्यूट्रोन उर्जा शक्ति भएको उहाँको भनाई छ ।

न्युटनको गुरुत्वआकर्षणको सिद्धान्त समेत शिवशक्तिको तन्त्र अर्धनारेश्वर रुप भएको उहाँको जिकिर छ ।

यसको महत्ता बुझाउन मात्र विभिन्न परम्परा र संस्कृतिको विकास भएको र यसैबाट विभिन्न अष्ट गणेश र भैरव स्वरुप विकास भएको उहाँको तर्क रहेको छ ।

तर तन्त्र पढ्ने नभइ अनुभव गर्ने विषय भएकाले सांकेतिक रुपमा बुझ्नु पर्ने डाक्ट शाक्य बताउनुहुन्छ ।

भगवान बुद्धको कार्यकारणको सिद्धान्त प्रतीत्यसमुत्पाद यही उर्जाहरुमा अडेको डाक्टर शाक्यको तर्क छ ।

टीकासमेत तन्त्र अनुसार पहेंलो गणेश, कालो भैरव र रातो कुमारीको उर्जाका लागि लगाइने गरेको उहाँको भनाइ छ ।

पञ्चतत्वमा निहित यो भौतिक जगतलाई चलायमान गर्ने उर्जा चाहिन्छ ।

यही उर्जाका लागि साधना आवश्यक रहेको छ ।

त्यसैले हाम्रो धर्म, सस्कृति र परम्परामा रहेको विज्ञानलाई बुझन सक्नु पर्छ ।

भिडियो हेर्नुहोस्

भिडियो : देवेन्द्र मान महर्जन रक्षा बज्राचार्य

प्रतिक्रिया दिनुहोस्