
काठमाडौं, साउन २८ । बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत र सन्चालकको उमेर तोक्ने नेपाल राष्ट्र बैंकको परिपत्र कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले केन्द्रीय बैंकको परिपत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
राष्ट्र बैंकको पछिल्लो निर्देशिकाविरुद्ध प्राइम कमर्सियल बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले रिट दायर गरेका थिए ।
राष्ट्र बैंकले ६९ वर्ष पुगेका कोही पनि व्यक्ति बैंक तथा वित्तीय संस्थामा सीइओ हुन नपाउने र ६५ वर्ष पूरा भएका व्यक्ति पनि सीइओ नियुक्त हुन वा पुनः नियुक्त नहुन नपाउने गरी निर्देशिका जारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्