
पोखरा, साउन २८ । पोखराका गुरुङ समुदायले मंगलबार सांस्कृतिक पर्व ट्होटे मनाएका छन् ।
पर्वका अवसरमा गुरुङ समुदायले बिरौटाबाट बाजागाजा र झाँकीसहित र्याली निकालिएको थियो ।
र्यालीपछि नयाँबजारस्थित तमु धी कास्कीको भवनमा पुगेर उनीहरुले कार्यक्रम गरेका थिए ।
र्यालीका सहभागीहरु गुरुङ भेषभूषामा सजिएका थिए ।
साउन र चैत महिनाको अन्तिम मंगलबार गुरुङ र तामाङहरुले यो पर्व मनाउने प्रचलन छ ।
यो पर्व मनाउनाले रोगव्याधी हट्ने, प्राकृतिक प्रकोप कम हुने, खेतीबाली राम्रो हुने, सुख–शान्ति प्राप्त हुने जनविश्वास छ ।
गुरुङ भाषामा ‘ट्हो’को अर्थ राज्य र ‘टे’को अर्थ धपाउने भन्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस्