Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


जसपाले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाउने


0
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारीणी समिति बैठकले प्रतिनिधि सभा विघटनको विरुद्ध विभिन्न संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको छ । प्रतिनिधि सभा विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भएको ठहर गर्दै बैठकले विनिन्न संघर्षका कार्यक्रम घोषणा गरेको हो ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पुस ८ गते सबै जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने, १० गते सबै जिल्ला सदरमुकाममा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने र १२ गते काठमाडौंमा केन्द्रीकृत जनप्रदर्शन गर्ने बताउनुभयो । उहाँले अन्य दलहरूसँगको छलफलपछि बाँकी कार्यक्रम तय गरिने जानकारी दिनुभयो ।

त्यसैगरी, बैठकले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा संसद जिवितै रहेको भन्दै सभामुख अग्निप्रसाद सापकोटालाई बैठक शुरु गर्न आग्रह गर्ने निर्णय गरेको छ। निर्णयकाे बारेमा जानकारी दिँदै डा. भट्टराईले भन्नुभयो, ‘प्रतिनिधिसभा अहिले पनि जिवित छ त्यसकारणले हामीले सभामुखलाई प्रतिनिधि सभाको बैठक शुरु गर्न आह्वान गर्ने निर्णय गरेका छौं ।’

Skip This