५ श्रावण २०८२, सोमबार | Tue Jul 22 2025


जनजातिद्वारा बालुवाटारमा धर्ना


0
Shares

काठमाडौं, साउन २८ । ‘आरक्षण बचाऔं आन्दोलन’ गर्दै आइरहेका आदिवासी जनजातिले मंगलबार बालुवाटारमा धर्ना दिएका छन् ।

लोकसेवा आयोगद्वारा गरिएको विज्ञापन खारेजीको माग गर्दै उनीहरु धर्नामा बसेका हुन् ।

उनीहरुले बालुवाटारको निषेधित क्षेत्रअगाडि नाराबाजी गर्दै धर्ना दिएका थिए । कार्यक्रमस्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो ।

दुई दिनअघिमात्र आदिवासी जनजाति समूहले भद्रकालीमा पनि विरोध कार्यक्रम गरेका थियो ।