२७ बैशाख २०८२, शनिबार | Sun May 11 2025


कोरोना भाइरसको नयाँ रुपले बढायो थप चिन्ता


0
Shares

प्रज्ञा तिमल्सीना (इमेज)
काठमाडौं, पुस ७ । झण्डै एक बर्षदेखि विश्वलाई आक्रान्त बनाइरहेको कोरोना भाइरसको नयाँ रुप फेला परेपछि थप चिन्ता बढेको छ ।

भर्खर खोप विकास भएर आसा जागेको बेला बेलायतमा भाइरस नयाँ रुपमा देखा परेको हो ।

बेलायतमा फेला परेको भाइरसको निकै संङ्क्रामक रहेको मानिएको छ ।

कोरोना भाइरसको संक्रमण कम गराउन धेरै देश खोप बनाउन तर्फ लागेको समयमा यूकेमा भाईरस नँया स्वरुपमा देखापरेको हो ।

गत सेप्टेम्वर महिनामा फेला पारिएको यस प्रकारको भाईरस नोभेम्वरसम्म आईपुग्दा लण्डनमा धेरै व्यक्तिमा संक्रमण भइसकेको पाइएको हो ।

डिसेम्वरमा भने यो प्रकारको भाइरसबाट दुई तिहाइ जनसंख्या प्रभावित भएका छन ।

डेनमार्क र अष्टेलियामा फेला परेको नँया प्रकारको भाइरस यूकेवाट फैलिएको जनाईएको छ ।

यूकेमा देखिएको भाइरस घातक रहेको प्रमाण फेला नपरे पनि सङ्क्रामक रहेको बताइएको छ ।

जसका कारण ४० भन्दा बढी देशले यूकेवाट हुने आवागमनमा रोक लगाएका छन् ।

स्विडेनले त डेनमार्कवाट गरिने यात्रा रोकेको छ ।

यस प्रकारको भाइरस उत्तरी आयरल्यान्डबाहेक सिंगो बेलायत भरी देखापरेको छ ।

विश्व स्वास्थ्य संगठनले भने नँया प्रकारको महामारीमा हुने विकासको एउटा सामान्य हिस्सा भनेको छ ।

डब्ल्युएचओले भाईरस नयाँ स्वरुपमा देखिए पनि नियन्त्रण वाहिर नगएकाले त्यसको जोखिमवारे ध्यान दिन आग्रह गरिएको छ ।

बैज्ञानिकहरुले भने भाइरस म्यूटेशन चाँडो भएको वा धेरै फैलिएको हुनसक्ने बताएका छन् ।

यस्तै प्रयोगशालाहरुमा गरिएको अध्ययनले भने यस्ता उत्परिवर्तनले मानव कोषलाई प्रभाव पार्ने र भाइरसको क्षमता बढाउने खालका हुने गरेको देखाएको छ ।

जसले गर्दा यो भाइरस सजिलै फैलन सक्ने जनाईएको छ ।

भाइरसमा धेरै प्रकारको उत्पती भयो भने हाल विकसित भईरहेको खोपले समेत काम नगर्ने अवस्था आउनसक्ने वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।