Logo २६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026


नेपालद्वारा दाहालको प्रशंशा – प्रचण्डजीलाई धन्यवाद !


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रशंसा गर्नुभएको छ ।

मंगलबार बबरमहलमा दाहाल–नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उहाँले ओलीको कम्युनिष्ट आन्दोलन बचाउन लागेको भन्दै दाहालको प्रशंसा गर्नुभएको हो । ‘केपी शर्मा ओलीले पटक–पटक अपमान गरेको अवस्थामा सहेर भए पनि कम्युनिष्ट आन्दोलन बचाउनुपर्छ भनेर लाग्नुभएकोमा प्रचण्डजीलाई धन्यवाद’, उहाँले भन्नुभयो ।

नेता नेपालले पार्टी एकताहुँदा नै दुवै पार्टी विघटन भइसकेकाले नेकपा (एमाले) पार्टी ब्यूँतन नसक्ने बताउनुभयो । ‘केपी ओलीले पहिलो अध्यक्ष भएको नाताले मैले भनेको मात्र लाग्छ, निर्वाचन आयोगमा पनि चुनाव चिह्न मेरो हुन्छ भनेको सुनिरहेको छु,’ उहाँले भन्नुभयो, ‘तर, त्यसको कुनै कानूनी आधार छैन ।’

बालुवाटारमा प्रधानमन्त्री ओलीले गरेको बैठकलाई गुट भेलाको संज्ञा दिँदै उहाँले कसैले पार्टीको नाममा धावा बोल्दैमा बैधानिकता नपाउने बताउनुभयो । ४ सय ४१ केन्द्रीय सदस्यको दुई तिहाइ सदस्य बैठकमा उपस्थित भएकाले जारी बैठक नै आधिकारिक भएको नेता नेपालको दावी छ ।

नेता नेपालले पार्टी एकता भएपछि पहिलो अध्यक्षले आफ्नो गुटका मान्छेहरूलाई माथि–माथि लगेको आरोप लगाउनुभयो । ओलीले आफूविरुद्ध बोल्नेलाई अवसर नदिइ एकाधाधिकारवादी शैली अपनाएको नेता नेपालको भनाइ छ ।