Logo ३१ आश्विन २०८३, शनिबार | Sun Oct 18 2026


महिनावारी रकम लिएर घुमुवाबाटै तस्करी


0
Shares

वीरगञ्ज । नेपाल भारत सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा तस्करी नियन्त्रण गर्न खटाइएका घुमुवाले आचरण विपरीत काम गर्न थालेपछि सशस्त्र प्रहरी बलले उनीहरूलाई फिर्ता बोलाएको छ।

प्रदेश नं २ को आठ जिल्लामा ६२ जना सशस्त्रका घुमुवालाई सीमा क्षेत्रको निगरानी तथा तस्करी नियन्त्रणका लागि खटाइएकाको थियो। उनीहरूले तस्करसँग मिलेर आचरण विपरीत काम गरेपछि बर्दिवासस्थित मुख्यालयमा तानिएको प्रदेश नं २ का सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले जानकारी दिनुभयो। उनीहरूलाई अब भीड नियन्त्रणको तालिम दिएर भीड नियन्त्रणमा खटाइने छ।

सीमानाकाबाट महिनावारी रकम लिएर तस्करी गराउने गरेको सूचनाका आधारमा घुमुवाहरूलाई कारबाही गरिएकाे गौतमको भनाइ छ। सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप चोरी, तस्करी नियन्त्रण गर्न तथा अपराध गरेर लुकेका अपराधीबारे सूचना दिन भारतीय समकक्षीहरूसँग समन्वय गरिएकाे बताउनुभयाे। रासस

Skip This