
काठमाडौं । केही दिन स्थिर रहेको सुनको भाउ आज फेरि बढेर तोलाको ७१ हजार पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको ७१ हजार रुपैयाँमा कारोबार भैरहेको छ । गत बिहिवार यता सुनको भाउ तोलाको ७० हजारमा स्थिर थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस १५ सय ७ अमेरिकी डलर पुगेको छ । सुन महंगिएसंगै बजारमा कारोबार घटेको छ ।
सुनको भाउ बढेपछि पसलहरुमा ग्राहकको चहलपहल कम छ भने कारोवार करिब ८० प्रतिशत घटेको व्यापारीहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्