
कैलाली । संसद बिघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि सुदूरपश्चिम प्रदेश सभामा प्रधानमन्त्री केपी शर्मा ओली कमजोर देखिनुभएको छ । ३९ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री सहित ३५ जना प्रचण्ड– माधव समूहमा छन् ।
नेकपा संसदीय दल सुदूर पश्चिम प्रदेश सभाका नेता तथा मुख्यमन्त्री त्रिलोचन भट्ट, उपनेता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह, प्रमुख सचेतक तारा लामा तामाङ, सचेतक अक्कल बहादुर रावल सहित ३५ जना सांसद प्रचण्ड– माधव समूहमा छन् । ३५ भित्र तटस्थ भूमिकामा रहेका सभामुख अर्जुन बहादुर थापा र उपसभामुख निर्मला जोशी बडाल पनि पर्छन् ।
आर्थिक मामिला मन्त्री झपट बोहरा, प्रदेश सभा सदस्यद्वय कुन्ति जोशी र लिलाधर भट्ट दुवै पक्षतिर देखिने भए पनि उनीहरू कतातिर भन्ने खुलेको छैन । सुदूरपश्चिममा प्रचण्ड– माधव समूहको प्रदेश सभामा रहेको सदस्य संख्या एकल रुपमा सरकार चलाउन पर्याप्त छ । यहाँ, प्रचण्ड– माधव समूह पार्टी फुटे पनि कसैसँग सहकार्य नगरी सरकार चलाउन सक्ने अवस्थामा छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्