
सिन्धुली । सिन्धुलीको कमलाखोचस्थित कमला नदीमा निमार्णधिन मोटरेवल पुल अलपत्र बनेको छ ।
नौं वर्ष वितिसक्दा समेत उक्त पुल निर्माण सम्पन्न नहुँदा अलपत्र बनेको हो ।
पुल निर्माणको जिम्मा पप्पु कन्ट्रक्सनले लिएको थियो । पुल निर्माणको जिम्मा पाएको ठेकेदार पक्ष पप्पु कन्ट्रक्सन कम्पनीले पुल निर्माणमा अटेर र ढिलासुस्ती गर्दा वर्षायाममा नदी तर्ने क्रममा कमलानदीले बगाएर दर्जनौं मानिसको अकालमै मृत्यु समेत भईसकेको छ ।
मदन भण्डारी राजमार्गको सो पक्की पूल निर्माणका लागि नेपाल सरकारलाई विश्व बैंकले ३२ करोड आर्थिक सहयोग उपलब्ध गराएको थियो ।
ठेक्का लिएको तीन वर्षमा पुलको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्नुपर्नेमा नौं वर्ष बितिसक्दा समेत निर्माण सम्पन्न हुन नसक्दा यातायात संचालन र आवागमनमा कठिनाई उत्पन्न भएको छ ।
पुल निर्माणका संरचनाहरु समेत लथालिंग छन् भने धेरै जसो चोरी समेत भईसकेको स्थानीय बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्