
चितवन, साउन २८ । चितवनको भरतपुर महानगरपालिका–३ लायन्सचोकमा गएराति मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अन्दाजी ३२ वर्षीय युवक छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा भरतपुरस्थित कलेज अफ मेडिकल साइन्स अस्पतालमा मृत्यु भएको हो । प्रहरीका अनुसार मृतकको सनाखत हुन बाँकी छ ।
चौबिसकोठीबाट पुल्चोकतर्फ जाँदै गरेको प्रदेश ३–०३ ००१ प ९२२ नम्बरको मोटरसाइकलले पैदल हिंडिरहेका युवकलाई गएराति साढे १० बजे ठक्कर दिएको थियो । दुर्घटनामा संलग्न मोटरसाइकलसहित चालकलाई वडा प्रहरी कार्यालय नारायणगढले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्