९ श्रावण २०८२, शुक्रबार | Fri Jul 25 2025


उत्पादनको क्षेत्रमा अघि बढ्न युवाहरुलाई आह्वान


0
Shares

काठमाडौं, साउन २७ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बिनामिहिनेतको काम गर्ने प्रवृत्ति बढेका कारण भ्रष्टाचार मौलाइरहेको भन्दै युवाहरुले यस्ता प्रवृत्तिको अन्त्यका लागि काम गर्नुपर्ने बताएका छन् ।

नेपाल उद्योग परिसंघ र राष्ट्रिय युवा परिषद्ले सोमबार राजधानीमा संयुक्तरुपमा आयोजना गरेको युवा उद्यमशील सम्मेलनको उद्घाटनकाक्रममा नेता नेपालले युवाहरु परिवर्तनको संवाहक भएकाले विकासका लागि अघि बढ्न सुझाव दिए ।

देशले व्यापार घाटा व्यहोरिरहेको भन्दै उनले उत्पादनको क्षेत्रमा युवाहरुलाई अघि बढ्नका लागि आह्वान गरे ।

समाज र राष्ट्रप्रति इमान्दार हुनका लागि पनि उनले आग्रह गरे ।

कार्यक्रममा प्रदेश नम्बर–३ का आर्थिक मामिला तथा सामान्य प्रशासनमन्त्री अरुण नेपालले नेपाली युवाले आफ्नो कर्तव्य चिन्न आवश्यक रहेको बताए ।