
काठमाडौं, साउन २७ । भ्रमण वर्ष २०२० लाई लक्षित गरी काठमाडौंमा नयाँ होटल सन्चालनमा आउने भएको छ ।
काठमाडौंको धुम्बाराहीस्थित होटल ‘आकामा’ छिट्टै नै सन्चालनमा आउने भएको हो ।
सोमबार होटलले पत्रकार सम्मेलन गरी होटलबारे विस्तृत् जानकारी गराएको हो ।
सानिमा ग्रुपको प्रवद्र्धनमा स्थापित यो होटलमा विश्वस्तरीय आधुनिक सेवालाई मौलिकतामा ढाल्ने प्रयास गरिएको जनाइएको छ ।
पाहुनाहरुलाई स्थानीय नेवारी र हिमाली संस्कृतिको मिश्रण अनुभव गराउन प्रयास गरिएको महाप्रबन्धक राजु श्रेष्ठले जानकारी दिए ।
१० तलामा निर्माण भएको यस होटलमा १०८ ओटा कोठाहरु रहेका छन् ।
होटलमा अत्याधुनिक सुविधासहितका ६ ओटा डिलक्स र ९५ ओटा सुपेरियर कोठाहरु रहेका छन् ।
होटलले भ्रमण वर्ष २०२० का अलावा नेपालको पर्यटन क्षेत्रमै सहयोग पुर्याउने कम्पनीका अध्यक्ष्य विनयकुमार श्रेष्ठले बताए ।
होटलको कुल लागत दुई अर्ब ९ करोड रुपैयाँ रहेकोे जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्