
लक्ष्मीप्रसाद सापकोटा (इमेज)
पर्वत, साउन २७ । सनराइज बैंकले पर्वतको सदरमुकाम कुश्माबजारमा शाखा विस्तार गरेको छ ।
बैंकको ११९औं शाखाको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले उद्घाटन गरेका हुन् ।
जोशीले सानो बजारमा बैंकका शाखा विस्तार हुनेक्रम बढ्दै गएको बताउँदै स्वस्थ प्रतिस्पर्धा गर्न आग्रह गरे ।
उनले कृषि क्षेत्रमा लगानी बढाउन सुझाव दिँदै विपन्न वर्गका नागरिकको जीवनस्तर नउकासिएसम्म समृद्ध नेपाल बन्न नसक्ने बताए ।
प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेले बैंकको शाखा विस्तार हुनुले आर्थिक समृद्धितर्फ मुलुक अघि बढेको संकेत गरेको बताउँदै राष्ट्र बैंकका नीति–नियमभित्र रहेर सन्चालन गर्न आग्रह गरिन् ।
पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले कुश्माबजारमा वित्तीय संस्थाहरुको आकर्षण बढ्दै गएको बताउँदै उद्योगी–व्यवसायीसँग आवश्यक सहकार्य गर्न आग्रह गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले बैंकले कृषि क्षेत्रलाई प्राथमिकता दिएको बताउँदै यस वर्ष कृषि क्षेत्रको लगानीलाई १५ प्रतिशत पुर्याइने जानकारी दिए ।
पर्वतमा यसअघि १९ ओटा वित्तीय संस्थाहरु सन्चालनमा रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्