९ श्रावण २०८२, शुक्रबार | Fri Jul 25 2025


नेप्से मात्र हरियो


0
Shares

काठमाडौं, साउन २७ । पछिल्ला दिन निरन्तरजसो ‘वियरिष ट्रेन्ड’मा रहँदै आएको सेयरबजार सोमबार नगन्य अंकले हरियो रहेर थामियो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से नगन्य अंकले हरियो रही १२ सय ३३.८५ कायम भएर थामियो ।

कारोबार अघिल्लो दिनसरह नै रह्यो ।

यसदिन कारोबार भएकामध्ये बढी समूह हरियो रहे । होटल, जीवनबिमा, उत्पादनमूलक, विकास बैंक, लघुवित्त, वित्त र सामूहिक लगानी कोष सकारात्मक रहे भने निर्जीवन बिमा, व्यापार, जलविद्युत्, अन्य र वाणिज्य बैंक समूह ऋणात्मक रहे । होटल र जीवनबिमा समूह दोहोरो अंकले सुधारिए । निर्जीवन बिमा समूह दोहोरो अंकले झर्‍यो ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा १७१ कम्पनीका १८ लाख २२ हजार कित्ता सेयर जम्मा ३१ करोड ४३ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।