
काठमाडौं, साउन २७ । भौतिक पूर्वाधार तथा यातयातमन्त्री रघुवीर महासेठले ११ महिनामा काठमाडौंलाई सुन्दर काठमाडौं बनाइने बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले आगामी असार मसान्तसम्म उपत्यकामा रहेका सडकहरु व्यवस्थित बनाइ सुन्दर काठमाडौं बनाइने बताए ।
सरकारले देशैभरि राम्रा काम गरे पनि काठमाडौंको सडकका कारण आलोचना खेप्नुपरेकाले काठमाडौं उपत्यकमा सडकको व्यवस्थापनका लागि काठमाडौंका विभिन्न ठाउँमा ‘ओभरहेड ब्रिज’ स्थापना गर्न लागेको मन्त्री महासेठले बताए ।
आगामी असार मसान्तभित्र ‘ट्राफिक लाइट’को व्यवस्थापन गरी काठमाडौंलाई सुन्दर बनाइने मन्त्री महासेठको दाबी छ ।
आर्थिक वृद्धिद्धरमा विश्वका १७० देशलाई पछि पार्दै नेपाल ‘टप पोजिसन’मा पुगेको पनि उनले दाबी गरे ।
नेपालकाबारेमा अहिले विश्वभरि प्रशंसा भइरहेको पनि उनले उल्लेख गरे ।
विकाशील देशहरुले यो डेढ वर्षभित्रमा जति राम्रो गरिरहेका छन्, त्यसको उच्च स्थानमा आज नेपाल पुगेको उनको भनाइ छ ।
मन्त्रालयले ‘रेकर्ड’ कायम हुनेगरी काम गरेको भन्दै उनले रेलमार्ग तथा सडकमार्गको विस्तार र व्यवस्थापनका लागि मन्त्रालयले काम गरिरहेको बताए ।
सरकारले आगामी दुई वर्षभित्रैमा समुद्रमा नेपालको झन्डाअंकित पानीजहाज लैजाने पनि मन्त्री महासेठको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्