
बुटवल, साउन २७ । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित श्रृगेश्वरधाममा विश्वकै अग्लो त्रिशूल स्थापना गरिएको दाबी गरिएको छ ।
७३ फिट अग्लो त्रिशूलको साउनको अन्तिम सोमबार पारेर आज विवेकानन्द स्वामी महाराजले अनावरण गरे ।
उनले हिन्दुधर्म परम्परा मानव सभ्यताकै उत्कृष्ट भएको भन्दै श्रृगेश्वरधामलाई पर्यटकीय क्षेत्रकारुपमा विकास गर्नुपर्नेमा जोड दिए ।
तिलोत्तमा नगरपालिका प्रेमनगर निवासी तुल्सीराम कँडेलले उक्त त्रिशूल स्थापना गराएका हुन् ।
सोमबार सो स्थानमा रहेको शिवालयमा भक्तजनको घुइँचो लागेको थियो ।
प्रतिक्रिया दिनुहोस्