दाहाल र नेपाल निकट मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन « Image Khabar


दाहाल र नेपाल निकट मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन


Imagekhabar
५ पुष २०७७, आईतवार १६:०९

काठमाडौं, पुस ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेसँगै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले आफु निकटका मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिएका छन् ।

केही मन्त्रीको विरोधका बाबजुद प्रधानमन्त्री ओलीले आइतबार बिहान प्रतिनिधिसभा विघटनका लागि राष्ट्रदेवी विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेसँगै प्रतिक्रिया स्वरुप नेकपाको दाहाल–नेपाल पक्षले आफू निकट मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेका हुन् ।

नेकपाका एक सचिवालय सदस्यका अनुसार प्रचण्ड र नेपाल दुवैले आफू निकट रहेका मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्