१० श्रावण २०८२, शनिबार | Sat Jul 26 2025


हात्ती दिवसमा वनभोज (भिडियो)


0
Shares

विकास पौडेल (इमेज)

चितवन, साउन २७ । विश्व हात्ती दिवसका अवसरमा चितवनमा हात्तीहरुलाई वनभोज खुवाइएको छ ।

सोमबार नेपालमै पहिलोपटक विश्व हात्ती दिवस मनाइएको हो ।

विश्वमा सन् २०१२ बाट मनाउन सुरु गरिएको विश्व हात्ती दिवस नेपालमा पहिलोपटक यो वर्ष सौराहामा मनाइएको हो ।

युनाइटेड हात्ती सन्चालक सहकारी संस्था, मृगकुन्ज उपभोक्ता समिति, बाघमारा र चित्रसेन मध्यवर्ती सामुदायिक वनको संयुक्त पहलमा हात्ती दिवस मनाइएको हो ।

प्रायः सबै दिन पर्यटकसँग ‘सफारी’मा रम्ने हात्तीहरू दिवसका दिन चौरभरि फरक दृश्यमा थिए ।

बाघमारा मध्यवर्ती सामुदायिक वनको परिसरमा आयोजित कार्यक्रममा हात्तीका लागि फलफूल, बन्दा, धान, सखरलगायतका भोजनको व्यवस्था गरिएको थियो ।

हात्तीको संरक्षणविना सौराहाको अस्तित्व नरहने भएकाले पर्यटकलाई आकर्षित गर्न चितवनमा पनि हात्ती दिवस मनाइएको युनाइटेड हात्ती सन्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले बताए ।

हात्तीको बासस्थान खन्डीकरणले गर्दा जंगलीहात्ती संरक्षणमा चुनौती बढेको र घरपालुवा हात्तीको उचित व्यवस्थापनको हुन नसक्दासमेत हात्ती संरक्षणमा चुनौती थपिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका अनुसन्धान अधिकृत डा. बाबुराम लामिछाने बताउँछन् ।

हात्तीको उचित स्याहार, व्यवस्थापन र हात्तीमैत्री व्यवहार गर्दै हात्तीको प्रयोग गर्दा कसैले नकारात्मकरुपमा लिन नहुने रत्ननगर नगरपालिकाका मेयर नारायण वनको धारण छ ।

नेपालभर जंगली र घरपालुवा गरी करिब २५० हात्ती रहेको तथ्यांक छ ।

सन् २०१२ मा क्यानडाबाट हात्ती दिवस मनाउन सुरु गरिएको भएपनि नेपालमा भने पहिलो पटक हात्ती दिवस मनाइएको हो । विश्वभर ३५ देखि ४० हजार हात्ती रहेको अनुमान छ ।

भिडियो हेर्नुहोस्