
कपिलवस्तु, साउन २७ । कपिलवस्तुको सदरमुकाम तौलिहवामा रहेको तौलेश्वरनाथ शिवजी मन्दिरमा जल चढाउनेहरुको घुइँचो लागेको छ ।
साउनको अन्तिम सोमबार हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरुले रामघाट नदीबाट जल ल्याई तौलेश्वरनाथ मन्दिरमा जल चढाएका छन् ।
५ किलोमिटर टाढाको रामघाट नदीदेखि तौलेश्वरनाथ मन्दिरसम्म सयौंको संख्यामा श्रदालु भक्तजनहरुले घस्रेर लोटवम गर्दै जल चढाएका हुन् ।
श्रावण महिना भरि वाणगंगाको रामघाट नदीबाट जल ल्याएर तौलेश्वरनाथ मन्दिरमा चढाउँदा मनोकांक्षा पुरा हुने धार्मिक विश्वास रहेको छ । जल चढाउन कपिलवस्तु, रुपन्देही, दाङ, अर्घाखाँची जिल्लाका विभिन्न भुभागहरुका साथै भारतको सिद्धार्थनगर, महारजगंज र वलरामपुर जिल्लाबाट समेत हजारौं दर्शनार्थीहरु आउने गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्