
ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा रहेको चमेरे गुफा पर्यटकको गन्तव्य वन्न सक्ने भए पनि प्रचार–प्रसार र संरक्षणको अभावमा परेको छ ।
वर्षौदेखि चमेराले भरिएको उक्त गुफाको संरक्षण र प्रचार–प्रसारमा कसैले चासो नदिएकाले ओझेलमा पर्दै गएको स्थानीयले बताएका छन् ।
अमटार भन्ने बस्तीको नजिकै रहेको उक्त गुफामा हजारौं चमेरा रहन्छन् ।
पहिले आन्तरिक पर्यटक हेर्न पुगेपनि अहिले त्यहाँ पुग्ने बाटो साँघुरो र अप्ठ्यारो बन्दै गएकाले जान छाडेको स्थानीय श्याम तामाङले बताए ।
यो गुफामा सयौँ वर्षदेखि चमेरा बस्दै आएको स्थानीयले बताएका छन् । दुर्लभ हुँदै गएको चमेरा संरक्षणका लागि स्थानीयले माग पनि गरेका छन् ।
स्तनधारी जीव चमेरो पर्यावरण र जैविक विविधताको दृष्टिले पनि निकै उपयोगी मानिन्छ ।
प्रतिक्रिया दिनुहोस्