Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


ब्रोकर कमिसन घटाउन अर्थमन्त्री पौडेलको निर्देशन


0
Shares

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ब्रोकर कमिसन घटाउन निर्देशन दिनु भएको छ ।

अर्थमन्त्रालयमा हिजो पूँजीबजार सम्बद्ध पक्षहरुसँगको छलफलमा मन्त्री पौडेलले ब्रोकर कमिसन घटाउन विलम्ब नगर्न र प्रो एक्टिभ भएर लाग्न पूँजीबजार सम्बद्ध सरोकारवालाहरुलाई आग्रह गर्नु भयो ।

पछिल्लो समय बढ्दो बजारको स्थायित्व कायम राख्न अहिलेका समस्या समाधान गरि समयतालिका बनाएर कार्यान्वयन गर्न समेत निर्देशन दिनुभयो ।

मन्त्री पौडेलले पूजीबजारको विकासका लागि बजेटमा उल्लेख भएका कार्यहरु समयमानै सम्पन्न गर्न तथा ऐन नियममा सुधार गर्न आवश्यक भए त्यसको तयारी गर्न समेत आग्रह गर्नुभयो ।

अर्थमन्त्रालयमा भएको छलफलमा अर्थमन्त्रालयका सचिवद्वय शिशिर ढुङ्गाना, रामशरण पुडासैनी, आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख सहसचिव झक्कप्रसाद आचार्य, नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अध्यक्ष लक्ष्मण न्यौपाने, नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद, सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) का प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य लगाएतको सहभागीता रहेको थियो ।