डर्टमण्ड वर्लिनसंग पराजित, १६ वर्षिय युसुफोले राखे कीर्तिमान « Image Khabar


डर्टमण्ड वर्लिनसंग पराजित, १६ वर्षिय युसुफोले राखे कीर्तिमान


Imagekhabar
४ पुष २०७७, शनिबार ११:२३

काठमाडौं । गएराति भएको बुन्डेस लिगामा बोरुसिया डर्टमण्ड युनियन वर्लिनसंग २–१ गोलले पराजित भएको छ ।

युनियनका खेलाडी युसुफो मौकोकालले कीर्तिमानी गोल गरेको प्रतियोगितामा बोरुसिया डर्टमण्ड भने पराजित भएको छ ।

युसुफोले बुन्डेस लिगामा १६ वर्ष २८ दिनमा गोल गर्दै कम उमेरकोे गोलको कीर्तिमान कायम गरेका छन् ।

उनले फ्लोरियन वत्र्जको कीर्तिमान एक वर्ष र ६ दिनले तोडेका हुन् ।

खेलको ६० औं मिनेटमा युसुफोले गरेको गोलले डर्टमण्डलाई जोगाउन भने सकेन । डर्टमण्डले यस सिजन ५ खेलमा हार ब्यहोरेको छ ।

डर्टमण्डले शीर्ष स्थानको बायर लिभरकुसनसंग अंक दुरी घटाउने मौका गुमाएको छ ।

डर्टमण्ड २२ अंक सहित तालिकाको चौथो स्थानमा छ ।

वर्लिन २१ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्