१० श्रावण २०८२, शनिबार | Sat Jul 26 2025


भक्तपुरमा पहिलो पटक कालिजको व्यवसायिक उत्पादन शुरु


0
Shares

भक्तपुर । भक्तपुरमा पहिलो पटक कालिजको व्यवासायिक उत्पादन शुरु गरिएको छ ।

सूर्यविनायक नगरपालिका–८ सिपाडोलमा कल्पित वाइल्ड लाइफ एग्रो सेन्टरले पहिलो पटक सरकारबाट स्वीकृति लिएर कालिजको व्यावसायिक पालन शुरु गरेको हो ।

सरकारले ल्याएको नयाँ कानुनसँगै शहर बजारमासमेत यसको ब्यवसायिक उत्पादन गर्न थालिएको छ ।

११ वर्ष कतारमा काम गरेर फर्केका सेन्टरका सञ्चालक तथा प्रोपाइटर आशिष उपाध्यायले कालिज उत्पादन गर्न थालेका हुन् ।

सेन्टरमा  हाल ३०० ‘रिङ नेक’ जातको कालिज पालिएको छ ।

यूरोपबाट ४ हजार अण्डा ल्याएर ह्याचारीमा उत्पादन गर्न दिइएको र चल्ला उत्पादनपछि यहाँ ४ हजारभन्दा बढी हुने उपाध्यायले बताएका छन् ।

८ रोपनी जग्गा भाडा र २ रोपनी जग्गा आफ्नै गरी १० रोपनी क्षेत्रफलको जग्गामा हाल करीब १५ लाख लगानीमा कालिजपालन व्यवसाय शुरु गरिएको हो ।

लगभग ६ महिना पालेपछि मात्र कालिज खानलाई योग्य हुने बताइएको छ ।

एक दिने चल्लालाई प्रति गोटा २ हजार रुपैयाँमा खरिद गरेर ल्याइएको कालिज बजारसम्म पुग्दा ३ हजार ५ सय देखि ४ हजारसम्ममा बिक्री गर्न सकिने उपाध्यायले जानकारी दिए ।