
काठमाडौं, साउन २६ । चालु आर्थिक वर्ष २०७६/०७७ कोे करिब एक महिनामा ४४ करोड रुपैयाँ बराबर पूँजीगत खर्च भएको छ ।
नयाँ आर्थिक बर्षको २५ दिनसम्ममा जम्मा ४३ करोड ८६ लाख खर्च भएको महालेखा नियन्त्रक कार्यालयले आईतबार जनाएको छ । कार्यालयको तथ्यांक अनुसार २५ दिनमा ०.११ प्रतिशत पुँजीगत खर्च भएको हो । यस्तै चालु खर्चतर्फ भने यस अवधिमा ९७ करोड २५ लाख रुपैयाँ खर्च भईसकेको कार्यालयले जनाएको छ ।
चालु आर्थिक वर्षमा पुँजीगत खर्चका लागि ४ खर्ब ८ अर्ब रुपैयाँ र चालु खर्चका लागि ९ खर्ब ५७ अर्ब रुपैयाँ विनियोजन भएको छ ।
यस अवधिमा कर भने ३.६३ प्रतिशत उठाईएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । यस वर्ष ११ खर्ब १२ अर्ब राजस्व उठाउने सरकारी लक्ष्य छ ।
प्रतिक्रिया दिनुहोस्