२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


शेयर बजारमा गिरावट जारी


0
Shares

काठमाडौं, साउन २६ । साताको शुरुको दिन आइतबार पनि शेयर बजारमा गिरावट जारी रहेको छ ।

उतार चढावबीच बजार परिसूचक नेप्से करिब ५ अंकले ओरालो लागेर १२३३ मा आएर थामियो । कारोबार पनि थप खुम्चियो ।

यसदिन कारोबार भएकामध्ये आधाभन्दा बढी समूह रातो रहे । बीमा, उत्पादनमूलक, जलविद्युत, लघुवित्त, वाणिज्य बैंक र विकास बैंक ओरालो लागे ।

होटल, व्यापार, अन्य, वित्त र सामुहिक लगानी कोष हरियो रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६६ कम्पनीको ११ लाख ४५ हजार कित्ता शेयर जम्मा ३१ करोड १८ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।