१० श्रावण २०८२, शनिबार | Sat Jul 26 2025


ललितपुरमा बीउ बिजनको एटिएम मेसिन


0
Shares

ललितपुर, साउन २६ । ललितपुर महानगरपालिकाले आफ्नो कार्यालय परिसरमा बीउ बिजनको एटिएम मेसिन संचालनमा ल्याएको छ ।

उक्त प्रविधिको आज एक समारोहबीच ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जन र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले संयुक्त रुपमा शुरुवात गरे ।

सचिव जीसीले यो प्रविधि नेपालका लागि पहिलो भएको र यस प्रविधिबाट कृषकहरु लाभान्वित हुने विश्वास व्यक्त गरे ।

मेयर चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकालाई स्मार्ट सिटी बनाउने कार्यक्रम अनुसार यो प्रविधि भित्र्याइएको बताए ।

बीउ एटीएमबाट कृषकहरुले तरकारी तथा फलफूलको बीउ किन्न सक्नेछन् ।