मन्त्रिपरिषद् बैठकमा अध्यादेश फिर्ताबारे छलफल नै भएन

काठमाडौं, पुस २ । सरकारद्वारा जारी संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ताबारे छलफल गर्न साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठक बिना छलफल सकिएको छ ।
अध्यादेश फिर्ताबारे छलफल गर्न भनेर बोलाइएको बैठकमा अध्यादेशबारे प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै छलफल नै नगरेको बताइएको छ ।
मन्त्रिपरिषद् बैठकमा मन्त्रालयका नियमित एजेण्डाहरुका विषयमा मात्रै छलफल भएको जनाइएको छ ।