थप ७७६ संक्रमित, ९४७ संक्रमणमुक्त, ६ जनाको मृत्यु « Image Khabar


थप ७७६ संक्रमित, ९४७ संक्रमणमुक्त, ६ जनाको मृत्यु


Imagekhabar
२ पुष २०७७, बिहीबार १६:२१

काठमाडौं, पुस २ । पछिल्लो २४ घण्टामा नेपालमा ७७६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७७६ जना कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७४९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या ९ हजार ५८० रहेको छ ।

पछिल्लो २४ घण्टामा ६५८८ जनाको पिसिआर परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा ९४७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ४० हजार ३६३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्