
कपिलबस्तु । सामाजिक सद्भाव दरिलो बनाउन भन्दै कपिलवस्तुमा हिन्दु, मुसलमान र दलित समुदायले एकआपसमा शुभकामना आदानप्रदान गरेका छन् ।
बकरइदको अवसरमा आयोजित शुभकामना कार्यक्रममा मायादेवी गाउँपालिका वडा नम्बर ४, पिपरामा उनीहरुले एकआपसमा शुभकामना साटासाट गरेका हुन् ।
उनीहरुले नेपाली समाजमा मनाइने चाडपर्वका माध्यमबाट कायम हुने एकता तथा सामाजिक सद्भावलाई दिगो र दरिलो बनाउन आफूहरुले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका बताएका छन् ।
धर्म, बिचार फरक भएता पनि धार्मिक एवं सामाजिक सद्भाव, सहिष्णुता कायम राख्ने उदेश्यले आयोजना गरिएका यस्ता कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पर्ने कार्यक्रमका बक्ताहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्