भुटेको चिउरा, खुर्सानी र खिर बनाउँदै नेपालका सन्तोष बीबीसी मास्टर सेफको शीर्ष तीनमा « Image Khabar


भुटेको चिउरा, खुर्सानी र खिर बनाउँदै नेपालका सन्तोष बीबीसी मास्टर सेफको शीर्ष तीनमा


Imagekhabar
२ पुष २०७७, बिहीबार ०९:२४

काठमाडौं । नेपाली सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रफेसनल्स २०२० युके’ को शीर्ष तीनमा पुग्नु भएको छ ।

बुधबार राति आमाले बाल्यकालमा खुवाउने गरेको खाजा पस्किएर उहाँ मास्टर सेफको शीर्ष तीनमा पुग्न सफल हुनु भएको हो ।

नेपाली टोपी लगाएर मास्टर सेफको प्रतियोगितामा आएका सन्तोषले आफ्नो सबैभन्दा प्रिय व्यक्तिलाई समर्पित गरेर खाना बनाउनु पर्ने राउन्डमा आमालाई सम्झिएका थिए।

सन्तोषले प्रतियोगितामा पुरी, गँगटाको तरकारी, भुटेको चिउरा, भुटेको खुर्सानी र खिर लगायतका परिकार तयार पारेका थिए । आज प्रतियोगिताको फाइनल हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्