
काठमाडौं । स्वास्थ्य उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली भोलि(सोमबार) दिउँसो काठमाडौं फर्कने भएका छन् ।
यसअघि गत शुक्रवार नैं काठमाडौं आउने कार्यक्रम रहेपनि नियमित स्वास्थ्य परिक्षण नसकिएपछि उनको बसाई केही दिन लम्बिएको हो ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य परिक्षणको काम सकिएको र उनी भोलि दिउँसो काठमाडौं आइपुग्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन आर्यालले जानकारी दिए ।
प्रधानमन्त्री ओलीको सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गरिएको छ । उनी यही साउन १८ गते सिंगापुर गएका थिए ।
प्रतिक्रिया दिनुहोस्