
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यमा प्रतितोला ८ सउ ले उकालो लागेको छ । पछिल्ला केही दिन झण्डैझण्डै स्थिर जस्तै रहेको सुनको मूल्यमा आज भने वृद्धि देखिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ९३ हजार १०० मा कारोबार भएको छ । मङ्गलबार छापावाला सुन प्रतितोला ९२ हजार ३०० मा कारोवार भएको थियो । मङ्गलबारको तुलनामा प्रतितोला ८ सयले उकालो लागेको महासङ्घले जनाएको छ ।
यस्तै तेजाबी सुन आज प्रतितोला ९२ हजार ६५० मा कारोवार भएको छ । मङ्गलबार भने ९१ हजार ८५० मा कारोवार भएको थियो । यस्तै, चाँदीमा पनि प्रतितोला ३० ले वृद्धि भएको छ । मङ्गलबार एक हजार २०० मा कारोबार भएको चाँदी आज भने एक हजार २३० मा कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्