
वासिङ्टन, साउन २५ । हालै गरिएका क्षेप्यास्त्र परीक्षणलाई लिएर उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ अनले सामान्य क्षमायाचना गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार बताएका छन् ।
किमले अमेरिका–दक्षिण कोरियाली सैन्य अभ्यासको अन्त्यसँगै आणविक निःशस्त्रीकरणका लागि अमेरिकासँग वार्ता सुरू गर्ने बताएका पनि अमेरिकी राष्ट्रपतिले बताएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले शनिबार ट्वीटरमार्फत् सम्प्रेषित सन्देशमा किमले आफूलाई एक पत्रमार्फत् क्षेप्यास्त्र परीक्षणबारे उक्त अभिव्यक्ति दिएको जनाइएको हो ।
त्यस्तै, ट्रम्पले पनि पत्रको जवाफमा किमसँग निकट भविष्यमा वार्ता गर्ने पत्रमार्फत् जानकारी गराएको सन्देशमा उल्लेख छ ।
ट्रम्पले भनेका छन्–‘मलाई किमले लेखेको चिठीमा उत्तर कोरियाली नेता किमले आफूले ट्रम्पसँग अमेरिका–दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास सकिएलगत्तै छिट्टै भेट्न चाहेको र वार्ता सुरू गर्न चाहेको उल्लेख छ ।’
‘पत्र लामो छ र यसमा धेरै विषय बेतुकको र महँगो सैन्य अभ्यासको विरोधमा व्याख्या गरिएको छ । यो उत्तर कोरियाले छोटो दूरीको क्षेप्यास्त्र परीक्षण गरेकोमा एउटा सानो क्षमायाचना पनि हो । संयुक्त सैन्य अभ्यास रोकिएसँगै हतियार परीक्षण पनि रोकिनेछ’–ट्रम्पको सन्देशमा लेखिएको छ । रासस/एएफपी
….also a small apology for testing the short range missiles, and that this testing would stop when the exercises end. I look forward to seeing Kim Jong Un in the not too distant future! A nuclear free North Korea will lead to one of the most successful countries in the world!
— Donald J. Trump (@realDonaldTrump) August 10, 2019
प्रतिक्रिया दिनुहोस्