१० श्रावण २०८२, शनिबार | Sat Jul 26 2025


सुदूरपश्चिम भ्रमणको निम्तो दिन कैलाली उद्योग वाणिज्य संघको टोली पूर्वी नेपालतिर


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, साउन २५ । सुदूरपश्चिम प्रदेश भ्रमणको निम्तो दिन कैलाली उद्योग वाणिज्य संघको एक टोली पूर्वी नेपालतिर प्रस्थान गरेको छ ।

‘नेपाल भ्रमण वर्ष २०२०’ मा सुदूरपश्चिम घुम्न आउन निम्तो दिनका लागि पर्यटकीयस्थलको तस्वीरसहित शनिबार २० जनाको टोली धनगढीबाट पूर्वी नेपाल प्रस्थान गरेको हो ।

पूर्वी नेपालको भ्रमणमा निस्केको टोलीलाई प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले एक कार्यक्रमकाबीच बिदाइ गरिन् ।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले सुदूरपश्चिम भ्रमणको निम्तो दिन आफूहरु पूर्वी नेपालको भ्रमणमा निस्केको बताए ।

टोली विभिन्न जिल्ला हुँदै पूर्वी नेपाल पुग्नेछ । इलामलगायतका जिल्लामा पुगेर सुदूरपश्चिम प्रदेश भ्रमणको निम्तो दिइने जनाइएको छ ।

त्यसक्रममा रुपन्देही, पाल्पा, स्याङ्जा, काठमाडौंकोसमेत भ्रमण गरिनेछ ।

हरेक जिल्लाका उद्योग वाणिज्य संघका पदाधिकारीलाई सुदूरपश्चिम भ्रमणमा आउन आग्रह गरिने जनाइएको छ ।

उद्योग वाणिज्य संघको टोलीलाई बिदाइ गर्दै मन्त्री भट्टले सुदूरपश्चिममा धार्मिक पर्यटनको सम्भावनाहरुलाई उजागर गर्न आग्रह गरिन् ।