
काठमाडौं । चीनको वेन्लिङ क्षेत्रमा आएको समुद्री आंधीका कारण कम्तिमा १३ जनाको मृत्यु भएको छ । १६ जना मानिस हराइरहेका छन् ।
सांघाई र ताइवानबीचको वेन्लिङमा आंधीपछि पहिरो आएको अधिकारीहरुले जनाएका छन् ।
लेखिमा नाम दिइएको आंधीका कारण १० लाख भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा जान भनिएको छ ।
विद्युत आपूर्ति बन्द हुंदा २७ लाख मानिस प्रभावित भएको सिन्ह्वाले जनाएको छ । हजारौं उडान रद्ध भएका छन् भने रेल सेवा बन्द भएको छ ।
लेखिमा विस्तारै उत्तरी झेजियाङ प्रान्ततर्फ अगाडि बढेको लेखिमाले शांघाईमा समेत असर पु¥याउने अनुमान गरिएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्