Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


मिर्गौला तस्करीका फरार अभियुक्त पक्राउ


0
Shares

भक्तपुर, साउन ४ । झुक्याएर मिर्गौला झिकी आफ्नै बाबुलाई प्रत्यारोपण गराउने मुख्य अभियुक्त मानिएका २४ वर्षीय आशिष बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।

काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–२, टुकुचाका २९ वर्षीय कुमार गिरीको मिर्गौला झिकेर कानेपोखरी गाउँपालिका–१, मोरङ स्थायी घर भइ हाल भक्तपुर नगरपालिका–१, सल्लाघारीमा डेरागरी बस्ने ५१ वर्षीय थर्कबहादुर बस्नेतलाई प्रत्यारोपण गराइ फरार रहेका उनका छोरा आशिषलाई प्रहरीले तीन महिनापछि बानेश्वरबाट पक्राउ गरेको हो ।

पीडित कुमारलाई ललाइ–फकाइ, प्रलोभनमा पारेर थर्कबहादुरको छोरा हो भनी कीर्ते कागज र छाप प्रयोग गरी मिर्गौला झिकेर थर्कबहादुरलाई प्रत्यारोपण गराएको घटना बाहिर आएपछि प्रहरीले उनलाई पक्राउ गरे पनि छोरा आशिष भने फरार रहेका थिए ।

मानव शरीर अंग प्रत्यारोपण र सरकारी छाप कीर्ते मुद्दा दर्ता भएकाले पक्राउ परेका आशिषलाई शुक्रबारै भक्तपुर जिल्ला अदालतमा पेस गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता रेवतीरमण पोखरेलले जानकारी दिए । रासस