Logo २९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025


खेताला खोजेर विरोध गर्न थालियो : पूर्वमन्त्री बाँस्कोटा


0
Shares

काभ्रेपलाञ्चोक, मंसिर २७ । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रैका नेताले अर्का पार्टीका ‘खेताला’ खोजेर विरोधमा लगाउने काम शुरु भएको दाबी गर्नुभएको छ ।

बनेपा नगरपालिका–३ स्थित नेकपाका जिल्ला नेता स्व प्रेमप्रसाद सिग्देलको श्रद्धाञ्जलिसभालाई शनिबार सम्बोधन गर्दै उहाँले आफ्नै पार्टीका नेताद्वारा विरोधमा लगाइएको प्रमाण फेला परेकोसमेत बताउनुभयो ।

“कार्यक्रममा जाँदा पार्टीभित्रैका नेताले अर्को पार्टीको ‘खेताला’ खोजेर विरोधमा लगाउने काम शुरु भएको प्रमाणसहित फेलापरेका छन्”, नेकपाका केन्द्रीय सदस्यसमेत रहनुभएका बाँस्कोटाले भन्नुभयो, “यसो भएपछि बाहिर एकताको हल्ला चलाएरभित्र विभिजनको तयारी गर्नुको कुनै तुक छैन, यदि त्यस्तो हो भने सिधै भन्नुपर्छ अब मिल्न सकिएन ।”

आफूहरु जोखिममा जान नचाहेकाले व्यक्तिगत लाभहानिमा पार्टी विभाजन गर्न नहुने उहाँको तर्क थियो ।

कार्यक्रममा पूर्वसांसद विदुर सापकोटा, नेकपाका वाग्मती प्रदेश कमिटी सह–इञ्चार्ज हितमान शाक्य, जिल्लाअध्यक्ष रुकु चौलागाईं जिल्ला सचिव टोकबहादुर वाइबालगायतले स्व. सिग्देलप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।