फिफाको वर्ष खेलाडीमा रोनाल्डो, मेस्सी र लेवान्डोस्कीको मनोनयन « Image Khabar


फिफाको वर्ष खेलाडीमा रोनाल्डो, मेस्सी र लेवान्डोस्कीको मनोनयन


Imagekhabar
२७ मंसिर २०७७, शनिबार ०७:२८

fia award ronaldo messi

काठमाडौं, मंसिर २७ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्ष पुरुष खेलाडीको मनोनयन सार्वजनिक गरेको छ ।

फिफाले सार्वजनिक गरेको सूचीमा क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी र रोबर्ट लेवान्डोस्की पुरुष खेलाडीको अन्तिम मनोनयनमा परेका छन् ।

फिफाका अनुसार यी तीन खेलाडीलाई सन् २०२० को वर्ष खेलाडीको रुपमा मनोनयन गरिएको हो ।

लेवान्डोस्कीले पछिल्लो सिजन बायर्न म्युनिखलाई युरोपको सर्वोत्कृष्ट सफल क्लब बनाउन भूमिका खेलेका थिए भने रोनाल्डोले गएको सिजन इटालियन क्लब युभेन्ट्सबाट लिग उपाधि जितेका थिए ।

लियोनल मेस्सीले पनि युरोपेली फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्