३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


अफगानिस्तानमा भएको बिस्फोटमा १४ जनाको मृत्यु, १५० घाइते


0
Shares

काठमाडौं । अफगानिस्तानको राजधानी काबुल नजिकै रहेको एक प्रहरी चौकी अगाडि भएको बम बिस्फोटमा १४ जनाको मृत्यु भएको छ ।

बिस्फोटमा परेर एक सय ५० जना भन्दा बढी घाइते भएका छन् ।

व्यस्त बजार नजिकै भएको बिस्फोटमा परेर घाइते हुनेहरु अधिकांश सर्वसाधारण रहेको बिबिसीले जनाएको छ । मारिने अधिकांस सुरक्षाकर्मी रहेका छन् ।

घटनाको जिम्मेवारी तालिवानी लडाकू समूहले लिएको समाचारमा जनाइएको छ ।

१८ वर्षदेखि जारी हिंसा अन्त्यका लागि तालिवानी लडाकूसँग सरकारले वार्ता गरीरहेका बेला हमला भएको हो ।

सरकार री विद्रोही दुवै पक्षले वार्ता सकारात्मक रुपमा अघि बढेको बताइरहेको बला बिस्फोट गराइएको अधिकारीहरुले जनाएका छन् ।

बिस्फोटक पदार्थ भरिएको कार प्रहरी चौकीतर्फ आइरहेको सूचना पाएपनि रोक्न नसकेको अफगानी गृह मन्त्रालयका प्रवक्ता नसरत रहिमीले बताए ।

अफगानिस्तानमा पछिल्लो एक महिनामा आक्रमणकारीको निशानामा एक हजार पाँच सय भन्दा बढी सर्वसाधारणको मृत्यु भइसकेको छ ।