२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


अर्घा-भगवती विमानस्थलको निर्माण कार्य सुरु


0
Shares

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क– १० अर्घामा निर्माण हुन लागेको अर्घा–भगवती विमानस्थलको शुभारम्भ गरिएको छ ।

प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले हिजो विमानस्थल निर्माण कार्यको शुभारम्भ गरेका हुन् ।

सांसद रायमाझीले जिल्लावासीहरुको सपना टाढा नरहेको बताउँदै गुणस्तरीय काम गर्न तथा समयमै निर्माण सक्न ठेक्केदार कम्पनीलाई निर्देशनसमेत दिएका छन् ।

५ करोड ६९ लाख रुपैँयाको लागतमा विमानस्थलको रनवेको काम सुरु गरिएको हो ।

पुष्पा जेभी कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको विमानस्थलको सम्झौताको अवधि २०७७ साल कार्तिक ५ गतेसम्म रहेको छ ।

अर्घाखाँची जिल्लाबासीलाई अहिले सन्धिखर्कबाट रुपन्देहीको भैरहवामा गएर हवाइ यात्रा गर्नु परिरहेको छ ।