
काठमाडौं, साउन २२ । पछिल्ला दिन निरन्तरजसो ‘वियरिस ट्रेन्ड’मा रहँदै आएको सेयरबजार बुधबार सामान्य अंकले हरियो रह्यो । कारोबार भने अघिल्लो दिनभन्दा पनि खुम्चियो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से करिब ३ अंकले सकारात्मक रही १२ सय ४८ कायम भएर थामियो ।
जलविद्युत्, विकास बैंक र सामूहिक लगानी कोषबाहेक अरु सबै समूह हरियो रहे ।
जीवनबिमा, निर्जीवन बिमा, लघुवित्त, उत्पादनमूलक र होटल समूह दोहोरो अंकले उकालो लाग्दा अरु सामान्य अंकले हरियो रहेका हुन् ।
कारोबार भने अघिल्लो दिनभन्दा पनि ९ करोड बराबरले कम रह्यो ।
अघिल्लो दिन ४५ करोडको सेयर किनबेच भएकोमा यसदिन नेपाल स्टक एक्सचेन्जमा १७२ कम्पनीका ११ लाख ३८ हजार कित्ता सेयर जम्मा ३७ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्