Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


ब्लु लोटस हेल्थ होमले निःशुल्क स्वास्थ्य शिविर गर्दै


13
Shares

free health camp

ललितपुर, मंसिर २३ । नेपालकै प्रथम अकुपञ्चर विशेषज्ञसहितको समूहबाट सञ्चालित ब्लु लोटस हेल्थ होमले निःशुल्क स्वास्थ्य शिविर थालेको छ ।

मंसीर २२ गते सोमबारदेखि शुरु भएको निःशुल्क स्वास्थ्य शिविर ३० गतेसम्म सञ्चालन गरिने हेल्थ होमले जनाएको छ ।

ललितपुरको सातदोबाटोनजिकै ताल्छिखेल चोकमा रहेको उक्त ब्लु लोटस हेल्थ होमले लामो समयदेखि कोभिड–१९ को डरले आममानिसले स्वास्थ्य सेवा नलिएका बेलामा सामाजिक उत्तरदायित्व अनुरुप शिविर सञ्चालन गरेको जनाएको छ ।

हेल्थ होमका संस्थापक अध्यक्ष एवं नेपालकै प्रथम अकुपञ्चर विशेषज्ञ डा.सुरज कर्माचार्यले भन्नुभयो, ‘हामीले खास गरी समाजका सिनियर सिटिजन्सलाई लक्षित गरेर यो अवसर ल्याएका हौं । मुलतः लामो समयदेखि कोभिड–१९ को डरले हस्पिटल नगई घरमै शारीरिक पीडा व्यवस्थापन गरिरहनुभएकाहरुले लाभ लिन सक्नुहुनेछ । हामीले यस अवसरमा विरामीको दुखाई व्यवस्थापनका लागि विभिन्न उपायहरु निःशुल्क सिकाइ सहयोग गर्नेछौं ।’

हेल्थ होमका प्रबन्ध निर्देशक बद्रीबहादुर कार्कीले उक्त शिविरमा ढाड दुख्ने, कम्मर दुख्ने, घुँडा, गर्दन, जोर्नी दुख्ने, हड्डी खिइएको, नसा च्यापिएको, हात खुट्टा झमझमाउने, प्यारालाइसिस, मुख बाङ्गिएको, टाउको दुख्ने, माइग्रेन, अनिन्द्रा, ग्यास्ट्रिक्स, जन्डिस, पाइल्स, दम, कान कराउने, कान नसुन्ने, महिनावारी गडबढी, मटोपन आदि रोगको निःशुल्क स्वास्थ्य परीक्षण गरिनेछ ।

अकुपञ्चर विशेषज्ञ तथा हेल्थहोमका डा. ईश्वर ज्ञवालीले स्वास्थ्य शिविर आगामी ३० गतेसम्म हरेक दिन विहान ८ देखि २ बजेसम्म सञ्चालन हुने जानकारी दिनुभयो ।

ब्लु लोटस हेल्थ होममा अनुभवी अकुपञ्चर विशेषज्ञहरुले अकुपञ्चर दिनुको साथै फिजियोथेरापी, आयुर्वेद, पञ्चकर्म, कपिङ, प्राकृतिक चिकित्सा आदिको माध्यमबाट विभिन्न रोगको प्रभावकारी उपचार गरिने जनाइएको छ ।