११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


पेट्रोलियम पदार्थको मुल्य बढ्यो, ग्यासको मूल्य घट्यो


0
Shares

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपीजी ग्यासको मुल्य घटाएको छ ।

मंगलबार रातिबाट लागू हुनेगरी निगमले एलपीजी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ घटाएको हो ।

नयाँ मुल्य अनुसार उपभोक्ताले एक सिलिण्डर ग्यासका लागि  एह हजार तीन सय ७५ रुपैयाँ तिर्नुपर्नेछ ।

यसैगरी पेट्रोलमा प्रतिलिटर एक र डिजेलरमट्टितेलमा ५० पैसा मूल्य बढेको छ ।

नयाँ मूल्यअनुसार पेट्रोल एक सय नौ रुपैयाँ रुपैयाँ प्रतिलिटर र डिजेल र मट्टितेल ९७ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ ।

हवाई इन्धनका खुद्रा बिक्री मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा एलपी ग्यासमा करिब छ अर्ब रुपैयाँ नोक्सानी ब्यहोरेको निगमले अहिलेसम्म स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गर्न सकेको थिएन ।

मूल्य समायोजनपछि पनि वीरगञ्ज नाकामा नेपालतर्फको मूल्य रक्सौलकोे तुलनामा पेट्रोल र डिजेलमा प्रतिलिटर क्रमशः १४ रुपैयाँ ३७ पैसा र १५ रुपैयाँ ४७ पैसा सस्तो रहेको निगमले जनाएको छ ।