११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


नेप्से ९ अंकले ओरालो


0
Shares

काठमाडौं, साउन २१ । पछिल्ला दिन निरन्तर ओरालो लागेको सेयरबजारमा मंगलबार पनि गिरावट जारी रह्यो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से ९ अंकले ओरालो लागेर १२ सय ४५ मा आइ थामियो ।

यसदिन कारोबार भएका सबै समूहमा ओरालोे लागेसँगै नेप्से पनि ओर्लिएको हो ।

यसदिन कारोबार भएका निर्जीवन बिमा समूहमा सबैभन्दा बढी ४० अंकको गिरावट आयो ।

यस्तै, उत्पादनमूलक समूह ३९ अंकले ओर्लंदा  होटल समूह २५ अंक अनि लघुवित्त समूहमा पनि २१ अंकको गिरावट आयो ।

यसदिन १६९ कम्पनीका १४ लाख ४९ हजार कित्ता सेयर ४५ करोड ७५ लाख रुपैयाँमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।