कञ्चनपुरमा अवैध नदी उत्खनन् रोकिएन « Image Khabar


कञ्चनपुरमा अवैध नदी उत्खनन् रोकिएन


Imagekhabar
२२ मंसिर २०७७, सोमबार १६:११

कञ्चनपुर, मंसिर २२ । सरकारले नदी तथा खोलानाला उत्खनन गर्दा उपकरणको प्रयोग गर्न नपाइने प्रावधान बनाएपनि कञ्चनपुरमा लागु हुन सकेको छैन् ।

चुरे वन क्षेत्र आसपासका नदीनालामा अवैध उत्खनन् भइरहँदा पनि प्रशासन मौन बसेको छ ।

बेदकोट नगरपालिकाको बगुन खोलामा स्काभेटर प्रयोग गरी अवैध रुपमा उत्खनन् भइरहँदा प्रशासनले रोक्न सकेको छैन ।

नदीनालामा झण्डै एक दर्र्जन बढी स्काभेटर प्रयोग गरि गिटट्ीबालुवा उत्खनन् भई रहेको छ ।

नगरपालिकाले प्रारम्भिक वातावरण परिक्षण गरि पालिकाभित्रका पाँच वटा नदी, खोला, चुरेलगायतका ठाउँमा मात्र गिट्टीबालुवा उत्खनन्का लागि ठेक्का गरेको छ ।

तर ठेकेदार कम्पनीले प्रावधान विपरीत चुरे क्षेत्र तथा वन क्षेत्र नजिक पर्ने खोलामा समेत स्काभेटरको प्रयोग गरि उत्खनन् गरिरहेको छ ।

उता बेदकोट नगरपालिकाले भने मापदण्ड अनुसार नै उत्खनन् भइरहेको दावी गरेको छ ।

नगरपालिकाका अनुसार गिट्टीबालुवा उत्खनन्का लागि अमृत कन्सट्रक्सनसँग ८५ लाख रुपैयामा ठेक्का भएको छ ।

डिभिजन वन कार्यालय कञ्चनपुरले भने चुरे तथा वन क्षेत्रमा भएका खोलानालाबाट उत्खनन् गर्न नपाइने भन्दै रोक्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्