
काठमाडौं । पछिल्ला दिनमा निरन्तर उकालो लागिरहेको सुनको भाउ आज पनि बढेर हालसम्म उच्च भएको छ ।
अन्तर्राष्ट्रिय बजारलाई पच्छ्याउदै आज सुनको भाउ तोलामा २ सयले बढेर ६८ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो हाल सम्मकै उच्च मुल्य हो । हिजो मात्र सुनको भाउ ६७ हजार ८ सय पुगेको थियो । आज चाँदीको भाउ स्थिर रहेर ७ सय ९५ मा कारावार भैरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औन्स १४ सय ७४ डलर हाराहारीमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्