११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


कञ्चनपुरका स्थानीय तहमा ३७ करोड बढी बेरुजु


39
Shares

कन्चनपुर । कञ्चनपुरका स्थानीय तहमा गत आर्थिक वर्षमा ३७ करोड ११ लाख ९४ हजार ९ सय ६६ रुपैयाँ बेरुजु देखिएको छ ।

कञ्चनपुरका ७ नगरपालिका र २ गाउँपालिकाको लेखा परीक्षण गर्दा ३७ करोड ११ लाख ९४ हजार ९ सय ६६ रुपैयाँ बेरुजु देखिएको हो ।

महालेखा परीक्षकको कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/०७६ मा सबैभन्दा बढी भीमदत्त नगरपालिकामा १२ करोड ५१ लाख, १८ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

त्यस्तै, शुक्लाफाँटा नगरपालिकामा ६ करोड ५४ लाख २४ हजार, कृष्णपुरमा ६ करोड १० लाख १९ हजार, बेलौरी ४ करोड ९५ लाख ४२ हजार र महाकाली नगरपालिकामा ३ करोड ४ लाख २१ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

सबैभन्दा कम बेदकोट नगरपालिकाको ४८ लाख ७५ हजार र पुनर्वास नगरपालिकाको ८८ लाख ३४ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

यस्तै, बेल्डाँडी गाउँपालिकाको १ करोड १४ लाख ६९ हजार, लालझाँडी गाउँपालिकाको १ करोड ४४ लाख ९२ हजार रुपैयाँ बेरुजु देखिएको महालेखा कार्यालयको तथ्यांकमा उल्लेख छ ।

लेखापरीक्षण तथा सम्परीक्षणबाट कञ्चनपुरमा बेरुजु रकममध्ये ३ करोड ४८ लाख २६ हजार रुपैयाँ असुल गर्नुपर्ने देखिएको छ ।

महालेखाले प्रचलित कानूनी प्रक्रिया पूरा नगरी कारोबार गरेको व्यहोरालाई बेरुजूको रुपमा राखेको छ ।